कति राम्रो त्यो वृन्दावन

Sri App

कति राम्रो त्यो वृन्दावन

कति राम्रो त्यो वृन्दा वन, सललल बगेकी यमुना 
उस्तै राम्रो मथुरा सहर जान मलाई लाग्दैछ रहर...

वृन्दा वनको झिलिमिलि कृष्णजीको दर्शन
 कृष्णजीको दर्शन गर्ने पापी पनि तर्छन् ...२ 
कति राम्रो त्यो वृन्दा वन, सललल बगेकी यमुना 
उस्तै राम्रो मथुरा सहर जान मलाई लाग्दैछ रहर...

पहिलो दर्शन बिहारीको पछि रङ्गनाथ
यामुनामा स्नान गर्नु, गर्नु भक्ति साथ २ 
कति राम्रो त्यो वृन्दा वन, सललल बगेकी यमुना 
उस्तै राम्रो मथुरा सहर जान मलाई लाग्दैछ रहर....

राधा कुण्ड स्याम कुन्ड गिरि गोबरधन 
वंशी बज्यो मधुर-मधुर सोहि वृन्दाबन ... २ 
कति राम्रो त्यो वृन्दा वन, सललल बगेकी यमुना 
उस्तै राम्रो मथुरा सहर जान मलाई लाग्दैछ रहर....

माखन चोर्यो मिस्री चोर्यो दहि सबै चोर्यो 
सबै थोक चोरि सक्यो प्राण नै पो चोर्यो २
कति राम्रो त्यो वृन्दा वन, सललल बगेकी यमुना 
उस्तै राम्रो मथुरा सहर जान मलाई लाग्दैछ रहर...

गाई बाछा लिई प्रभु जान्थे वन वन 
गोपीजीको प्रेम ठूलो खुसी मन मन २
कति राम्रो त्यो वृन्दा वन, सललल बगेकी यमुना 
उस्तै राम्रो मथुरा सहर जान मलाई लाग्दैछ रहर....

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top