धुन बज्यो धुन बज्यो, पक्कै कृष्ण हुन

Sri App

धुन बज्यो धुन बज्यो, पक्कै कृष्ण हुन 

धुन बज्यो धुन बज्यो, पक्कै कृष्ण हुन  २
न बजाईदेऊ बाँसुरी, रून्छ मेरो मन  २

वृन्दावनमा खोज्दै आए गाई चराउनेलाई २ 
यमुना हेर्दै आए रास रचाउनेलाई २ 
धुन बज्यो धुन बज्यो

चन्द्रमाले लुकायौ की मेरो कृष्णलाई हो... २
पवनले उडायौ की राधे श्यामलाई हो...२ 

आउन कृष्ण जी मनका पुजारी 
मन उड्यो कृष्नजीलाई भेटु कसोरी ...
धुन बज्यो धुन बज्यो

हृदयमा दम रुक्यो तिमीलाई सम्झदा हो..२
दिन विते रात बिते बिहोस हुँदा हुँदा हो  २ 

लुक्नु भो कृष्ण जी भेटौ कसोरी...
मन उड्यो कृष्नजीलाई भेटु कसोरी ...
धुन बज्यो धुन बज्यो

जहिले हामीलाई हतार-हतार, 
जहिले हामीलाई काम 
मर्ने बेला भैसक्ये, कहिले जप्ने राम हो 
धुन बज्यो धुन बज्यो.....

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top