साँझ पर्‍यो आएनन् मोहन

Sri App

साँझ पर्‍यो आएनन् मोहन

साँझ पर्‍यो आएनन् मोहन, विरहले वेदना फैलायो
पहिराउन गुँथेको माला, लिँदा लिँदै हातैमा ओइलायो ।
 
कति रोए कति हाँसे नयन यसै थाके
दर्शनका प्यासी नयन रातदिन जागे
कल्पनाका फूलहरू रङ्गीचङ्गी टिपी
आँसु धागो प्रेम सियो सुन्दर माला गासेँ ।
तब पनि आएनन् मोहन विरहले वेदना फैलायो
पहिराउन गुथेको माला ......
 
आँखा तानी तानी हेर्छु हिमालका माथि 
चारै प्रहर दिन बिताइ घाम डाँडा माथि
पाल्नु होला भन्दा भन्दै जीवनको साथी
विरहले छुटे आँसु झन् ताँतीका ताँती ।
तब पनि आएनन् मोहन, विरहले वेदना फैलायो
पहिराउन गुथेको माला .................
 
आउनुहोला भन्दा भन्दै झ्याउँकिरी बास्यो
विरहले गिज्याउँदै अन्धकार हाँस्यो 
आँखा तानी तानी हेर्छु आकाशका तारा
कति हेरे कति खोजे छैनन् मेरा प्यारा ।
तब पनि आएनन् मोहन, विरहले वेदना फैलायो
पहिराउन गुथेको माला .................

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top