श्री देवकिनन्दनाचार्य स्वामीजी

Sri App


वै.वा. श्री १००८ देवकीनन्दनाचार्य स्वामीजी

मौद्गल्यवंशकलशाम्बुधिपूर्णचन्द्रं
रामानुजार्यपदपङ्कजनित्यभृङ्गम् ॥ 
श्रीमच्छुकार्यगुरुवर्यकृपैकपात्रं 
श्रीदेवकीसुतगुरुं शरणं प्रपद्ये॥

माता श्रीतुलसादेवी एवं पिता श्रीकेशवप्रसाद कोइरालाको पुत्ररत्नका रूपमा श्रीदेवकीनन्दनाचार्य स्वामीजीको जन्म भएको हो । बाल्यावस्थादेखि नै अध्ययन र अध्यात्ममा अत्यन्त रूचि एवम् अत्यन्त तीक्ष्ण प्रतिभा हुनु भएका श्रीस्वामीजीले ताप्लेजुङ, इलाम, धरान आदि स्थानमा भएका संस्कृत गुरुकुलहरूमा तथा विद्यानगरी काशीमा समेत पुगेर वेद, वेदाङ्ग, व्याकरण, कोश आदि संस्कृत वाङ्मयको अध्ययन गरेर श्रीमद्भागवतादि पुराणहरूको प्रवचन गर्न लाग्नुभयो । श्रीमद्भागवत महापुराणको प्रवचन गर्ने क्रममा भागवत धर्मको विषयमा ज्ञान भएपछि त्यसको विशेष अध्ययन गर्न श्रीधाम वृन्दावन पुग्नु भयो । श्रीवृन्दावनधाममा सकलशास्त्रपारङ्गत, अपरशुकावतार, श्रीसुदर्शनाचार्य (शुकाचार्य) स्वामीजीको सान्निध्यमा रहेर उहाँबाट नै पञ्चसंस्कार दीक्षा प्राप्त गरी शरणागति मार्गमा दीक्षित हुनु भएका श्रीस्वामीजीले श्रीशुकाचार्य स्वामीजीबाट नै श्रीमद्भागवत, श्रीरामायण आदि सम्पूर्ण इतिहास पुराणहरूको गहिरो अध्ययन गर्नुका साथै श्रीसम्प्रदायका रहस्य ग्रन्थहरूको समेत विशेष अध्ययन गर्नुभयो । यसरी छोटो समयमा नै समग्र प्राच्यवाङ्मयको विशेष अध्ययन गर्नु भएका श्रीस्वामीजीलाई उहाँका आचार्य श्रीशुकाचार्य स्वामीजीले पञ्चसंस्कार गराउने अधिकार (श्रीमुखपत्र) प्रदान गरी आफ्नै देशमा गई श्रीसम्प्रदायको प्रचारप्रसार गर्न आज्ञा गर्नुभयो। 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top