श्रीवेङ्कटेश मन्दिर देवस्थानम् काठमान्डू

Sri App
यसमा भएका केहि जानकारीहरू परिवर्तन हुन सक्छन त्यसको लागि कृपया सूचना गरिदिनु होला .
श्रीवेङ्कटेश मन्दिर देवस्थानम् 





मन्दिरको नाम  श्रीवेङ्कटेश मन्दिर देवस्थानम्
संस्थापक  श्रीमती गरुडध्वज रामानुज दासी
ठेगाना  का.म.न.पा. ४, गौशाला, बत्तिसपुतली, काठमाडौं  
सम्पर्क सूत्र  सम्पर्क नम्बर -०१-४४७२५१, ९८४१७६८३५६
Email:  
उत्सवहरू
  • प्रातः आरति अर्चना पुजन आदि 
  • भगवान आचार्य आलवारको जन्म नक्षत्रमा भव्य उत्सव 
  • धनुर्मास पुषमा  ३० दिन सम्म नित्य उत्सव 
  •  ब्रह्मोत्सव - चैत्र शुक्लपक्ष, पुष्य नक्षत्र
आचार्यहरू
  • अनन्तश्रीविभूषित श्रीनिवासाचार्य स्वामीजी,
  •  वैवा. अनन्तश्रीविभूषित तोताद्रिदेशिक स्वामीजी,
  •  वै. वा. अनन्तश्रीविभूषित राघवेन्द्राचार्य स्वामीजी,
  •  अनन्तश्रीविभूषित पद्मधराचार्य स्वामीजी,
  •  उत्तराधिकारी डा. श्री पुरुषोत्तमाचार्य स्वामीजी
प्रतिष्ठित विग्रह
  • श्रीवेङटेश (मूल-उत्सव श्रीदेवीभूदेवीसहित)
  • श्रीपद्मावती (मूल-उत्सव),
  •  गोदाम्बा, 
  • श्रीशठकोप स्वामीजी, 
  • श्रीरामानुजाचार्य स्वामीजी,
  •  श्रीपरकाल सूरि, 
  • श्रीवरवरमुनि स्वामीजी 
Facebook icon Instagram icon Twitter icon WhatsApp icon

श्रीवेङ्कटेश मन्दिर देवस्थानम् बत्तीसपुतली (गौशाला) मा काठमाडौं, नेपाल मा स्थित एक हिन्दू मन्दिर हो। यो मन्दिर दक्षिण भारतको तिरुपति बालाजी भगवान बालाजीसँग मिल्दोजुल्दो छ। इतिहास अनुसार  गरुध्वज रामानुज दासी र उनका पति गोविन्दाचार्यले भारतको तिरुमाला वेंकटेश्वर मन्दिरको तीर्थयात्रा गर्नु भयो , बालाजी भगवान ( विष्णु भगवान ) को सानो मूर्ति लिएर नेपाल फर्किनु भयो र त्यसैबाट आज भव्य मन्दिर निर्माण भएको हो  । यहाँ दैनिक भगवान्‌को सेवा आराधना एवं भगवान् तथा आचार्यहरूका जयन्तीका अवसरमा भगवान्‌को विशेष भोग आराधनासहित अतिथि अभ्यागत एवं तीर्थयात्रीहरूको सेवा, 'वेङ्कटेश श्रीनिवास गुरुकुल'को सञ्चालन  भएको छ। 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top