श्री राधा

Sri App


राधा हिन्दु देवी र भगवान कृष्णकी प्रियतम भक्त हुनुहुन्थ्यो उहाँ साक्षात् भगवती लक्ष्मीको अवतार भनेर पनि जानिन्छ । अर्को शब्दमा भन्नुपर्दा राधा भगवान कृष्णको विख्यात प्राणसखी, ब्रज धामको रानी र वृषभानुको पुत्री हुनुहुन्थ्यो । राधा र कृष्णलाई शाश्वत भक्ति प्रेमका प्रतीकको रूपमा लिइन्छ । राधाजीलाई प्रेमको शक्ति, कोमलता, अनुकम्पा र भक्तिदेवीको रूपमा आराधना गर्ने गरिन्छ। उहाँलाई गोपिनीको प्रमुखको रूपमा वर्णन गरिएको छ ।  विशेष गरी पश्चिम बङ्गाल, बङ्गलादेश, मनिपुर, उत्तर प्रदेश र ओडिशाका गौडिय वैष्णवहरू राधाको अनन्य उपासक हुन्छन् । त्यस्तै अन्यत्र निम्बार्का सम्प्रदाय, स्वामीनारायण सम्प्रदाय र चैतन्य महाप्रभुसँग सम्बन्धित सम्प्रदायहरूले पुज्ने गर्दछन्। राधावल्लभ सम्प्रदायले राधालाई कृष्णको श्रद्धाको रूपमा पुज्ने गर्दछन्। कहिलेकाहीँ राधालाई निम्बार्का सम्प्रदायले भगवती लक्ष्मीको अवतारको रूपमा मान्ने गर्दछन् भने केहीले उनलाई कृष्णको स्त्री अवतारको रूपमा लिने गर्दछन्। राधाको जन्मदिनलाई राधाअष्टमीको रूपमा मनाउने गरिन्छ जो आश्विन शुक्ल अष्टमी तिथिमा हो । राधालाई मानव आत्माको लागि एक रूपकको रूपमा मानिन्छ। 
राधासम्बन्धी स्तोत्रहरू

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top