हे कृष्ण हजुरलाई सम्झेर ..

Sri App

हे कृष्ण हजुरलाई सम्झेर 

हे कृष्ण हजुरलाई सम्झेर 
गर्छु भजन मन्दिरमा बसेर

हे कृष्ण हजुरलाई सम्झेर
गर्छु भजन मन्दिरमा बसेर।

भाद्र महिना कृष्णपक्ष अष्टमी को रात्मा।
जेलभित्र जन्मनुभो स्वयं परमात्मा ॥
हे कृष्ण…

वसुदेव बाबा भए देवकी हुन् आमा
छोरा आफै कृष्ण भए कंश भए मामा ।
हे कृष्ण

जेलभीत्र देखिनु भो चतुर्भुज रुप।
आनन्दले मग्न भए माता पिता खुप॥
हे कृष्ण………


आज्ञा भयो प्रभुजीले वर्दानको वात।
झल मल्ल विजुली झै भयो आधारात ॥
हे कृष्ण.

वुझाएर माता पिता दुवै खुसी पारी।
आफुलाई लानु पर्ने जमुनाजी तारी॥
हे कृष्ण……….

प्रभुजिले लिनु भयो बालक के रूप।
दुख दर्द भुलाएर दया राखी खूब॥
हे कृष्ण……..

रुपसानु हुने साथ नेल खुले सब।
ढोकापाले निधाए झन वर्षा भयो तव ॥
हे कृष्ण..

वसुदेवले टोकरीमा राखी शिर माथि ॥
रात्री विच जमुनामा थिएन कोही साथि ॥
हे कृष्ण….

गोकुल मा यशोदालाई लगाई दिये साथ
योगमाया ल्याउनु भयो गोप्य थियो वात ॥
हे कृष्ण….

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top