मधुरकवि आल्वार जीवन चरित्र

Sri App

मधुरकवि आल्वार 


अविदित विषयान्तर शठारे
उपनिशदामुपगाना मात्र भोगः ।
अपि च गुण वशात् तदैक शेषि
मधुर कविर्हृदये ममा विरस्तु ॥

मधुर कवि आलवारको जन्म एक श्रीवैष्णव परिवारमा  भएको थियो । जहाँ भगवान विष्णुको स्तुति र आराधना मै जीवन व्यतीत भई रहेको थियो  त्यस्तो परम वैष्णव परिवार थियो  त्यही परिवारमा चैत्र  महिनामा र शुक्ल चतुर्दशीका दिन मधुकवि आल्वारको जन्म भएको थियो । उहाँको महानता देखेर, गरुडवाहन स्वामीजिले उहाँको दिव्य सुरी चरित्रमा "कुमुद गणेश" अथवा " गरुडालवार " को रूपमा उहाँको महिमा गान गर्नुभएको छ । उहाँ सामवेद पंडित र पूर्व शिखा ब्राह्मणको परिवारमा जन्मनुभएको थियो। समयमै उहाँको  जातकर्म, नामकर्म, अन्नप्रासन, उपनयन आदि कार्यहरू सम्पन्न भए र समयमै उहाँले वेद, वेदान्त, पुराण, इतिहास आदिको पनि अध्ययन सम्पन्न गर्नु भयो । उहाँ  भगवान बाहेक अन्य विषयबाट अलग हुनु हुन्थ्यो।  उहाँले  अयोध्या, मधुरा आदि उत्तर भारतका केही दिव्य क्षेत्रहरूको यात्रा पनि गर्नु भएको थियो। आल्वारको जन्म चित्तिराई नट्शास्त्रम अन्तर्गत भएको थियो। मधुरकविको जन्म शठकोप आल्वार भन्दा पहिले भएको थियो र उहाँलाई सूर्यको किरण पनि भनिन्छ, जुन सूर्य उदाउँनुअघि नै निस्कन्छ । आल्वार वैदिक पुस्तकहरूका ज्ञाता हुनुहुन्थ्यो साथै श्रीमन् नारायणन भगवानको कट्टर भक्त भक्त हुनुहुन्थ्यो । उहाँ  कविता र धेरै स्तोत्रका रचनाकार पनि हुनुहुन्छ । उहाँको कविता वा श्लोकहरू यति मंत्रमुग्ध थिए कि तीनीहरूमा भीडलाई एकत्र गरेर भगवान विष्णुको भक्तिमा विलीन गराउने शक्ति हुन्थ्यो। बाल्यकालदेखि नै मधुर कवि आल्वार  अरूभन्दा फरक हुनुहुन्थ्यो  र उहाँ आफ्नो जीवन साधारण मानिसजस्तै बिताउन चाहानु हुदैन थियो । उहाले आफ्नो जीवन प्रभुलाई नै अर्पण गर्नु भयो र  प्रभुकै स्तुतिमा हरेक दिन व्यतीत गर्नु भयो । आलवारले आफ्नो जीवन आध्यात्मिक यात्राको मार्गमा समर्पित गर्नु भयो र अन्त्यमा भगवद सायुज्य प्राप्त गर्नु भएको थियो । शठकोप स्वामीजी भन्दा नै पहिले उहाँको अवतार भए पनि उहाँले शठकोप स्वामीजिलाई आफ्नु आचार्य मान्नु हुन्थ्यो। 

उहाँका रचनाहरू 

  • कन्निनुन्  शिरुताम्बिनाल्   [ Download PDF ]



Faile Source
Image by https://www.astroved.com

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top